राज्य व्यवस्थाले छलफलका लागि डाक्यो गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई
काठमाडौँ । राज्य व्यवस्था समितिले गृहमन्त्री, अख्तियार प्रमुख र मुख्यसचिवलाई छलफलका लागि डाकेको छ ।
समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको हो ।
आइतबार बसेको समितिको बैठकले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई छलफलका लागि बोलाएको हो ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।