१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

बालेनलाई एमाले सांसद पन्तले भने, जनताको हित विपरीत काम नगर्नु, राम्रो काममा समर्थन छ

काठमाडौँ । नेकपा एमालेले काठमाडौँका मेयर बालेन शाहलाई जनताको हित विपरीत काम नगर्न सुझाव दिएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले मेयर शाहले राम्रो काम गरे आफ्नो समर्थन रहेको बताए । 'जनताको हितमा कदम चाल्नुस्, राम्रो कुरा गर्नुस् न । काठमाडौँका प्रमुखले राम्रो काम गर्दा त राम्रै भनिन्छ नि ! उहाँले एउटा काम सुरु गर्नुभएको थियो त्यो कहाँ पुग्यो थाहा छैन', उनले बालेनलाई भने, 'अङ्ग्रेजी नाम राखेका थुप्रै स्कुलहरू छन् तिनीहरूको नाम नेपालीमा राख्नुपर्‍यो भनेर । त्यो कहाँ पुग्यो ? त्यो गर्नुपर्ने काम हो । तर, जुन काम गर्दा जनतालाई मर्का पर्छ, हिजो सरकारको कानूनअनुसार गरेको निर्णय उल्ट्याउन लाग्दा जनताले कसरी सुरक्षित ठान्ने ?'

सर्वोच्च अदालतबाट खोला किनारमा थप अर्को २० मिटर छोड्नु पर्ने गरी भएको फैसलाले लाखौँलाख जनता विस्थापित हुने भएकाले सरकारले पुनरावलोकनमा जाने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्