११ साउन २०८३, सोमबार
27 July , 2026,Monday

समितिका सभापति र प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

फाइल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुख घिमिरेले आज बिहान ११ : ३० बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।
दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, अर्थ समितिमा विधेयक रहेका छन् । अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएको सचिवालयको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्