सभामुख घिमिरे शुक्रबार कम्बोडिया जाने
फाइल फोटो
काठमाडौँ । सभामुख देवराज घिमिरे मंसिर ७ गते कम्बोडिया जाने भएका छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ सम्मेलन(आइपिटिपी) मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।
कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म उक्त सम्मेलन हुँदै छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख घिमिरे ७ गते गएर ११ गते फर्कने कार्यक्रम रहेको बताए ।
ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तर्क्रियाका लागि सन् २०१७ देखि यस्तो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।