२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

संसद्को हिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार

संसद् भवनको वेबसाइट

काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्ने छ ।

संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने विषयमा सत्तारुढ दलको तर्फबाट पहल लिइरहेकाले विजनेश समेतलाई ध्यानमा राखेर अधिवेशन बोलाउन लागिएको सत्तारुढ दलका नेताहरूले बताएका छन् ।

संसद्‌मा विचाराधिन विधेयक अगाडि बढाउन एमालेले तोक्यो फोकल पर्सन एमालेले संसदीय समितिमा विचाराधीन विधेयक अगाडि बढाउन भनेर फोकल पर्सन नै तोकेको छ ।

संसद्को वर्षे अधिवेशन नगत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयसम्म अधिवेशन नबोलाएको भनेर प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण समेत गर्दै आएका

छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्