१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग

काठमाडौं । प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।

महंगी तथा भ्रष्टाचार बढाएको र संसद्लाई बाइपास गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूको छ । संविधानले बहुदलीय प्रतिस्पर्धालाई महत्त्व दिएको भए पनि सरकार दुई दलीय तानाशाहीतर्फ उन्मुख भएको दाबी विपक्षी दलको छ ।


बेपत्ता नागरिक छानबिन तथा मेलमिलाप आयोग गठन प्रक्रिया अवरुद्ध भएको भन्दै उनीहरूले आपत्ति जनाएका

छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्