२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

पूर्वमन्त्री भगबती चौधरीलाई 'आइकोनिक वुमन अवार्ड'

काठमाडौँ । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य भगवती चौधरी 'आइकोनिक वुमन अवार्ड'बाट सम्मानित भएका छन् । 

अन्तर्राष्ट्रिय महिला संसद्ले युएईमा आयोजित विशेष समारोहमा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मान गरेको हो ।

महिला अधिकारका विषयहरूलाई सदन र महिलाका समुदाय माझ प्रभावकारी रूपमा उठाउँदै लाखौँ महिलाहरूलाई उद्यमशीलतामा जोडेको तथा समाजसेवामा समर्पित भएको भन्दै सांसद चौधरीलाई आइकोनिक वुमन अवार्डबाट सम्मानित गरिएको हो । 

अन्तर्राष्ट्रिय महिला संसद् एक प्रतिष्ठित विश्वव्यापी मञ्च हो, जसले ५० भन्दा बढी देशका विशिष्ट नेताहरू, नीति निर्माताहरू, उद्यमीहरू र दूरगामी सोच र लक्ष्य भएका व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै, संवाद प्रवर्धन, महिलाहरूको सशक्तीकरण र समावेशी तथा प्रगतिशील भविष्यको मार्ग प्रशस्त गर्न सक्रिय रहेको छ । 

प्रोजेक्ट १०० का अध्यक्ष म्कोनडिवा तथा अन्तर्राष्ट्रिय महिला संसद्की अध्यक्ष मनिता घिमिरेले आइकोनिक वुमन अवार्डबाट सम्मान गरेकी हुन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्