२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

अब संवैधानिक परिषद्‌मा दुईजनाले निर्णय गर्न सक्ने

फाइल तस्बिर

काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बुधबारको प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाको संशोधन स्वीकार गरेको हो । सत्तारूढ दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको संशोधनबारे स्पष्टता खोज्दा विधेयक मंगलबार पारित हुनबाट रोकिएको थियो । कांग्रेसले गणपूरकसम्बन्धी व्यवस्थामा चासो राख्दा मंगलबार विधेयक रोकिएको थियो ।

संवैधाननिक परिषद्को अध्यक्ष प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । जसमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । प्रतिनिधि सभाले संवैधानिक परिषद्का अध्यक्ष र तत्काल कायम रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो ।

राष्ट्रिय सभाले भने संशोधन गरी अध्यक्ष र एक सदस्यबाट पनि निर्णय हुन सक्ने व्यवस्था गरेको छ । प्रतिनिधि सभाले राष्ट्रिय सभाको संशोधन स्वीकार गरेसँगै अब संवैधानिक परिषद्को बैठकमा अध्यक्ष र अर्को एकजना सदस्य मात्रै भए पनि निर्णय हुन सक्नेछ । 

उक्त विधेयक ०७९ फागुनमा प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधि सभाबाट ०८१ चैत १८ गते पाारित भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्