२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्राध्यापकसहित पाँच विद्यार्थी पक्राउ

फाइल फोटो

काठमाडौँ । बानेश्वरस्थित संघीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार प्राध्यापक विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडालाई पक्राउ गरिएको छ । विद्यार्थीहरूलाई प्रधानाध्यापक लक्ष्मण पोख्रेलले ड्रोन निर्माण गरी परीक्षण गर्न टास्क दिएका थिए । सोही क्रममा ड्रोन संसद् भवनमा खसेको जनाइएको छ ।
संसद् भवनमा असार २४ मा बिहान ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे रामहरि खतिवडाले सदनमा समेत कुरा उठाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्