राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
तस्बिरः राष्ट्रपतिको सचिवालय
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो । भेटका क्रममा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?