राज्य व्यवस्था समितिका सभापति न्यौपानेद्वारा शपथ ग्रहण
तस्बिर : संघीय संसद् सचिवालय
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुख देवराज घिमिरेले आज सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् ।
राज्य व्यवस्था समिति सभापतिका लागि मंगलबार भएको मनोनयनमा नेपाली कांग्रेसकी सांसद न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो । उनी निर्विरोध सभापति चयन भएका हुन् । यसअघि न्यौपाने संसदीय सुनुवाइ समितिकी सभापति थिइन् । संसदीय सुनुवाइ समिति सभापति पदबाट मंगलबार नै राजीनामा दिएर उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएका थिए ।