२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

विधायन समितिबाट निजामती विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।
समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको समितिका सभापति तुलसाकुमारी दाहालले बैठकमा घोषणा गरे ।
पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेश हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्