२४ वैशाख २०८३, बिहिबार
7 May , 2026,Thursday

प्रतिनिधि सभा विघटन गरेकोप्रति सभामुख घिमिरेको असन्तुष्टि

तस्बिरः संसद् सचिवालय

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समाधान खोजिएको भए राम्रो हुने बताएका छन् ।
गत भदौ २४ गते आगजनीबाट क्षतिग्रस्त संसद् भवनको बिहीबार अवलोकन गर्दै सभामुख घिमिरेले प्रतिनिधि सभा विघटन नगरी समस्या समाधान गरेको भए राम्रो हुने बताएका हुन् । 'प्रतिनिधि सभा विघटन नगरी यसभित्रबाट समाधान खोजिन सकिएको भए राम्रो हुन्थ्यो,' उनले भने ।
सभामुख घिमिरेले संसद् भवन, सिंहदरबार लगायतका सार्वजनिक भवनमा आगजनी र तोडफोडको घटना हुनु दुःखद रहेको बताए । 'जे घटना भयो र अहिले जे बेहोरिरहेका छौँ यो ज्यादै दुःखद कुरा हुन् । यसबाट उठेर ठिकसँग जानुपर्ने सबैको दायित्व हुन्छ । सबै लागौँ,' उनले भने, ' दुर्घटनाहरू नुहुनुपर्थ्यो । समस्याहरूलाई राम्रो ढंगबाट समाधान गर्ने बाटाहरू खोज्न सकिन्थ्यो । खोजिन्थ्यो । त्यो हुन सकेन यो दुःखद घटना भयो ।'
उनले अन्तरिम सरकारको अगाडि ठुलो जिम्मेवारी रहेको र ती समस्या समाधान गरेर अगाडि जान सक्नुपर्ने बताए । उनले भने, 'हेर्न नसकिने, भन्न नसकिने दुःखद दृश्यहरू धेरै छन्। गम्भीर क्षति भएको छ। यसलाई उठाउन आम मान्छे, आम क्षेत्र सबै लाग्नुपर्छ ।'




यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्