१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

रास्वपा बैठकमा महासचिव ढकालले लगाए मुखमा टेप: भन्छन्, बोल्न पाउने अधिकार हनन भएकाले टेप लगाए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल पाटीको बैठकमा मुखमा टेप लगाएर उपस्थित भएका छन् ।  बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा ढकाल मुखमा कालो टेप लगाएर उपस्थित भएका हुन् ।

ढकालले पार्टीको बैठक लाइभ नगरिएकाले आफू मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित भएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो बोल्न पाउने अधिकार हनन भएकाले त्यसो गरेको उल्लेख गरेका छन् । 'बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु', ढकालको भनाइ छ ।

बदलिँदो राजनीति र ढकालको समीक्षा प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । देशदौडाह गरेर आएका महामन्त्री ढकालले अहिलेकै हिसाबले पार्टी चलिराखे आउँदो चुनावमा राष्ट्रिय पार्टी समेत नहुने खतरा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए ।

उक्त प्रतिवेदनपछि पार्टीभित्रबाटै आलोचना खेपिरहेका ढकालले आफ्नो प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समिति बैठक लाइभ हुनुपर्ने माग राखेका थिए । तर, पार्टीले भने उनको अडान स्वीकार गरेन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्