जनता समाजवादी पार्टीका मन्त्रीहरूले बुझाए राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र बन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले राजीनामा दिएका छन् ।
शुक्रबार पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव र सुडीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् । जसपाका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी गराएका थिए ।
यसअघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमालेले १७ असारमा काँग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र संविधान संशोधन लगायतका विषयमा सहमति गरेर अगाडि बढ्ने निर्णय लिएको थियो । त्यसयता काँग्रेस र एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै आएका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?