१४ कार्तिक २०८३, शुक्रबार
30 October , 2026,Friday

सौर्य एअर दुर्घटनाको विस्तृतमा छानबिन गर्छौँ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन् ।  घटनास्थल निरीक्षणमा पुगेका गृहमन्त्री लेखकले दुःखद घटना घटेको र यसको छानबिन गर्ने बताएका हुन् ।

बुधबार ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको जहाज केही बेरमै दुर्घटनामा परेको थियो । जहाजमा रहेका क्याप्टेन मनीष शाक्य मात्रै जीवित छन् भने १८ जनाको मृत्यु भएको छ । 

गृहमन्त्री लेखकले भने, 'दुःखद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौँ । विस्तृतमा छानबिन गर्छौँ ।' 

जहाज दुर्घटनापछि अग्नि नियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए । क्याप्टेन शाक्यलाई उद्धार गरेर उपचार गर्न अस्पताल पुर्‍याइएको थियो । 

उनी बोल्न सक्ने र खतरामुक्त अवस्थामा रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्