राष्ट्रपतिद्वारा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर
काठमाडौँ । राष्ट्रपतिको कार्यालयले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।