१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

वार्षिक कार्य योजना बनाउन एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्य योजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने एमाले प्रचार विभागका सचिव गगन विष्टले बताए । 

बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्