२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

एमाले २०८४ मा बलियो शक्तिका रूपमा स्थापित हुन्छ: महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले ०८४ मा बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन् । पार्टीपङ्कति एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको उनले बताए । 

लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै त्यसका लागि बलियो शक्ति आवश्यक भएकाले ०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने उनको भनाइ छ । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पोखरेलले युवाहरूमा निकै निराशावाद पलाएको र ती युवालाई तत्कालै राज्यले रोजगारी दिने अवस्था नरहेको बताए । तर त्यसका लागि सरकारले काम गर्नुपर्ने र निराशालाई चिर्न राज्य तयार हुनुपर्ने बताए ।

महासचिव पोखरेलले एमाले–काँग्रेसको सरकार बनेपछि राजश्व वृद्ध हुन थालेको दाबी गरे । नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको समेत उनले बताए । 'त्यो अतिवादी दृष्टिकोणबाट भइरहेको छ', उनले भने 'प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन । त्यो लोकतान्त्रिक हुन सक्दैन ।' 

उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको बताए ।

काठमाडौँका मेयर बालेन साह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको टकराबलाई लिएर पोखरेलले बालेनले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको प्रतिक्रिया दिए । बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्