२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुठ बोलेः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिन चिट पाएँ भनेर सफेद झुट बोलेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरिसकेको अवस्थामा लामिछाने र उहाँको पार्टीका नेताहरूले संसदीय समितिले उनलाई क्लिनचिट दिएको भनी दिइरहेको अभिव्यक्तिप्रति पोखरेलले सो टिप्पणी गरेका हुन् । 

आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले लामिछाने र उनको पार्टीका नेताहरूको नियत स्पष्ट भएको टिप्पणी गरे । लामिछानेको नाम नलिई पोखरेलले कुनै पनि कम्पनीको कार्यकारी निर्देशकलाई पैसा कहाँबाट आउँछ र दायित्व के हो भन्ने कुरा थाहा थिएन, भन्नु सफेद झुट भएको उल्लेख गरेका छन् । 

'कुनै कम्पनीको सीइओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सीइओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ', उनले भनेका छन्, 'अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो,  होइन र ?'

हेर्नूहोस् एमाले महासचिवको टिप्पणीः


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्