२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रधानमन्त्री ओलीबाट 'समिट अफ द फ्युचर'को अन्तरक्रियात्मक सत्रको अध्यक्षता

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाअन्तर्गत  संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित 'समिट अफ द फ्युचर'को संवाद सत्रको आइतबार अध्यक्षता गर्दै  प्रधानमन्त्री  केपी शर्मा ओली  । तस्बिरः प्रधानमन्त्री ओलीको सचिवालय

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा आयोजित 'समिट अफ द फ्युचर'को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् । 
महासभाको उक्त समिटको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयस्थित ट्रस्टी काउन्सिलमा आयोजित छलफल सत्रको अध्यक्षता गरेका हुन् । यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिएका थिए । 
प्रधानमन्त्री ओलीले आजै समिटलाईमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्