आइतबार एमाले सचिवालय बैठक बस्ने
फाइल फोटो
काठमाडौँ । नेकपा (एमाले) सचिवालय बैठक आइतबार बस्ने भएको छ । आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।