१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सत्ता गठबन्धनको एकताबद्ध सन्देश

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सात बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता साझेदार दलहरूको बैठकले सरकारलाई थप प्रभावकारी बनाउने प्रतिविद्धतासहित संयुक्त वक्तव्य जारी गरेका छन् ।
दलहरूले जारी गरेको संयुक्त प्रतिवद्धतापत्रमा भनिएको छ, 'मुलुकमा विद्यमान संकट र चुनौतीहरूलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन … ।'
यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ । नेताहरूका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाउने निर्णय बैठकमा भयो ।
संयुक्त वक्तव्यको दोस्रो बुँदामा सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन गरिएको काम उल्लेख गरिएको छ । तेस्रो बुँदामा अर्थतन्त्र सुधारका निम्ति सरकारले गरेको प्रगति विवरण राखिएको छ । बाँकी बुँदामा भने सरकारले आगामी दिनमा गर्ने कामबारे प्रतिबद्धता र विश्वास दिलाउन खोजिएको देखिन्छ । जसमा सहकारी ठगी प्रकरण, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन, बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय राखिएको छ ।
नेताहरूका अनुसार सहकारी बचत रकम अपचलन मुद्दामाथि चलिरहेको कारबाही प्रक्रियाबारे केही छलफल भयो । रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेर बयान लिने प्रक्रिया चलिरहेकाले यो विषयमा प्रधानमन्त्री ओली सहित नेताहरूले धारणासहित ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले रविबारे सरकार निर्मम हुने संकेत गरेका थिए ।
प्रधानमन्त्री र गृहमन्त्रीको कुरामा अरू नेताको फरक मत नभएपछि संयुक्त वक्तव्यको चौथो बुँदामा सहकारी ठगी प्रकरण र लामिछानेबारे प्रतिबद्धता उल्लेख गरिएको छ ।
हेर्नूहोस् संयुक्त वक्तव्यः



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्