पन्ध्र सदस्यीय एमाले प्रतिनिधि मण्डल चीन प्रस्थान
चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरिएको भ्रमणटोलीको भेट ।
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । उक्त प्रतिनिधिमण्डल नानजिङगमा आयोजना हुने 'दोस्रो ग्लोबल साउथ थिन्क ट्यांक फोरम' मा सहभागी हुने प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिए । फोरमलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्नेछन् ।
एमाले प्रतिनिधिमण्डल जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर आगामी मंसिर ६ गते स्वदेश फर्कनेछ । जाङ्सु, उहान, बेइजिङलगायत स्थानमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा सहभागी भएर एमाले प्रतिनिधिमण्डल आगामी मंसिर ६ गते स्वदेश फर्कनेछ ।
एमाले प्रतिनिधिमण्डललाई रक्षामन्त्री मानवीर राई, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, विदेश विभाग सदस्य गोपाल खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?