२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

टोखा–छहरे सुरुङमार्ग निर्माण गर्न चीनसँग समझदारी पत्रमा

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

बेइजिङ (चीन) । टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो । त्यसैगरी विभिन्न विकास योजनासम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।
यसअघि वि.सं. २०७६ मा असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला टोखा–छहरे सुरुङ निर्माणको प्रस्ताव राखिएको थियो ।
राष्ट्रपति सीले सुरुङमार्ग निर्माणमा सहयोग गर्ने सकारात्मक प्रतिक्रिया दिएका थिए। सोही अनुसार २०७६ पुसमा चिनियाँ टोलीले सुरुङमार्गको अध्ययनका लागि नेपाल आएको थियो ।
काठमाडौँलाई उत्तरी नाका रसुवागढी जोड्ने छोटो दूरीको रूपमा टोखा–छहरे सुरुङमार्गलाई लिइएको छ । यसको कुल लम्बाई करिब चार किलोमिटर हुने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्