पुस १५ भित्र विभागीय कामको रिपोर्ट तयार गर्न सबै विभागलाई एमालेले दियो निर्देशन
फाइल फोटो
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पुस १५ गते भित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।
केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले विभागहरूको रिपोर्ट तयार गर्न निर्देशन दिएका हुन् ।
बैठकले पार्टी विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने पनि निर्णय गरेको छ । पार्टी तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामलाई थप प्रभावकारी बनाउन पार्टी पङ्क्तिलाई लाग्न समेत निर्देशन दिएको छ ।
एमालेले यसअघि दुई दिने राष्ट्रिय कार्यशाला गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?