२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

तिन तहको सरकारले विकासको नयाँ मोडलमा देश विकास गर्नु आवश्यक छ: प्रचण्ड।

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै तहका सरकारले विकासको नयाँ मोडल दिएर देश विकास गर्न सम्भव छ भन्ने भाष्य स्थापित गर्नुपर्ने बेला आएको बताएका छन् ।

भरतपुर महानगरपालिकाले मेघौलीमा मंगलबार आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताए ।

केही समयदेखि मुलुकमा नकारात्मक भाष्य स्थापित गर्न खोजिएको उल्लेख गर्दै उनले यसलाई खण्डन गर्न भरतपुर महानगरपालिकाले महत्त्वपूर्ण प्रयास गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले नेतृत्वले इमान्दार भएर काम गर्ने हो भने देशलाई गति दिन सकिन्छ भन्ने यो नमूना भएको बताए ।

अहिले चितवनबाट विदेश जाने क्रम उल्लेख्य रुपमा कम भएको स्पष्ट गर्दै उनले यसबाट आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सकारात्मक भाष्य स्थापित हुँदै गएको समेत बताए ।

आफूले तीनपटक सरकारको नेतृत्व गर्दा जनताले प्रष्टसँग अनुभूति गर्नसक्ने गरी काम गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन र सुशासन स्थापित गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्