२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सहकारी ठग्ने कांग्रेस नेतालाई पनि पाता कसेर लैजानूः गगन थापा

फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी अनुसन्धानमा जोडिएका कांग्रेसका पदाधिकारी वा कुनै नेता छन् भने पाता कसेर लैजान आग्रह गरेका छन् ।

उनले यो कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेको थापाले बताएका हुन् ।

ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि अनुसन्धान नभएको चर्चा भइरहेको छ ।

मकवानपुरमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानूस् ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्