काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जनालाई प्रतिवादी बनाउने
फाइल फोटो
काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्नता देखिएका ४४ जनाविरुद्ध एक अर्ब १९ करोड रुपैयाँ मागदाबीसहित कानुनी कारबाही चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
काठमाडौं प्रहरी परिसरले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पाँच हजार ६६९ जनाले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ बचत गरेकामा एक अर्ब १९ करोड अपचलन भएको अनुसन्धानबाट खुलेको र उक्त रकम अपचलनमा संलग्नता देखिएका ४४ जनालाई प्रतिवादी बनाई उनीहरूसँग सोहीबराबर बिगो मागदाबी गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पारेको हो ।