२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

तरुण दलको भेला स्थगित

फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् । 

यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो । तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्