२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रहरीले गर्‍यो रवि सहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने, उनका पूर्व व्यावसायिक साझेदार गितेन्द्रबाबु राई र पूर्व डिआइजी छविलाल जोशी लगायत ४४ जनामाथि मुद्दा चलाउन सिफारिस गर्दै बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

स्वर्णलक्ष्मी सहकारी संस्थाका पाँच हजार ६६९ जना बचतकर्ताको दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ रकम अपचलन गरेको भन्दै अभियुक्त ४४ जनालाई प्रतिवादी बनाउने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट हर्बो इन्टरनेसनल प्रालि, गोर्खा मिडिया नेटवर्कसहित १२ वटा कम्पनीमा सहकारी ऐन नियम विपरीत ऋण प्रवाह भएको अनुसन्धानबाट खुलेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्