२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

रामकुमारी झाँक्रीले गरिन् हतार र हताश दुवै नगर्न आग्रह

फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले हतार र हताश दुवै नगर्न आग्रह गरेकी छन् ।

बिहीबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा झाँक्रीले लेखेकी छन्,‘बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हताश दुवै नगरौँ, नबनौँ ।’

पछिल्लो समय झाँक्री एकीकृत समाजवादीको नेतृत्वसँग सन्तुष्ट हुन सकेकी छैनन् । यद्यपि पछिल्लो कार्यविभाजनमा उनले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्