११ साउन २०८३, सोमबार
27 July , 2026,Monday

राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने

फाइल फोटो

काठमाडौं । ३०३औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनीलगायत नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।

विभिन्न भेषभुषा र झॅाकीसहित हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्