२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : मनिष‌ झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीबाट निष्कासित महामन्त्री डा.मुकुल ढकालको कारबाहीबारे छलफल नहुने बताएका छन् ।

केन्द्रीय सदस्य तपेश्वर यादव, राजेश तिम्सिनालगायतले भने ढकालको कारबाही फिर्ता गर्नेगरी छलफल अगाडि बढाउन माग गरेका छन् । तर, प्रवक्ता झाले भने छलफल नहुने बताएका हुन् ।

बैठकमा नेताहरू कसैले त्यस्तो प्रस्ताव ल्याए त्यो उनीहरूको स्वतन्त्रताको कुरा हुने प्रवक्ता झाले बताए । तर, आएपनि अहिलेका लागि छलफल नहुने उनको दाबी छ ।

यता डा. मुकुल ढकालले भने बरु आफूले माफी माग्ने तर, कारबाहीमाथि पुनर्विचार हुनुपर्ने बताउने गरेका छन् । तर, माफी नै मागे पनि अहिलेका लागि कारबाहीमाथि पुनर्विचार नहुने झा बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्