मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
फाइल फोटो
काठमाडौँ,
जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदलको जिम्मेवारी तोकेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको जिम्मेवारी दिइएको छ ।
‘केन्द्रीय सचिवालय समितिको निर्णयनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२) सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ विज्ञप्तिमा लेखिएको छ ।