२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

एमाले केन्द्रीय कमिटी बैठक आज समापन गर्ने तयारी

फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ । 

बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने पार्टीको तयारी छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्