१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

प्रचण्डले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा बसेको विपक्षी दलहरूको बैठकपछि बोल्दै पुष्पकमल प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाए । उनले सरकारले नैतिकता गुमाएकै कारण राजीनामा दिन उचित हुने पनि बताए ।

अध्यक्ष प्रचण्डले भने,‘गठबन्धन गर्दा जे घोषणा गरेको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैले २०८७ सालमा भनिसकेपछि र अन्य सुशासनकाबारे भनिएका कुरा ठीक उल्टो गतिविधि गरिसकेपछि नैतिकरूपले सरकारमा बसिराख्ने आधार गुमाएको छ । नैतिकताको आधारमा भन्ने हो भने राजीनामा दिनु नै उचित हुन्छ।’

वर्तमान सरकारले सत्तामा बसिरहने आधार गुमाएको निष्कर्ष विपक्षी ६ दलको रहेको प्रचण्डको भनाइ छ। त्यसैले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए । विपक्षी दलहरूले यथाशीघ्र संसदको हिउँदे अधिवेशन बोलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्