२९ साउन २०८३, शुक्रबार
14 August , 2026,Friday

मन्त्रिपरिषद् बैठकबाट अध्यादेश कार्यसम्पादन नियमावली पारित

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावलीहरू पारित भएको हो ।

सरकारले केही दिनअघि विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । आर्थिक क्षेत्र सुधार लगायतका कामका लागि विभिन्न २९ कानुनमा संशोधन गर्न ती अध्यादेश ल्याएको थिए । तिनै अध्यादेश कार्यान्वयनका लागि आवश्यक नियमावली मन्त्रिपरिषद्ले पारित गरेको हो ।

सरकारले ल्याएका अध्यादेश १८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकमै पेश गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्