२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन: सभापति देउवा

फाइल फोटो

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन् । 

पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा पनि गरे । 'वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो', उनले भने, 'झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।'

दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने उनको भनाइ छ । उनले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको पनि दाबी गरे ।

सभापति देउवाले भने, 'दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र काँग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ । कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ ।'

उनले संविधानको यही व्यवस्थामा काँग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पनि दाबी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्