प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?