२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ प्रयोग गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएकामा यसपाली भने धारा ६१ अनुसार नियुक्त गरिएको हो ।
(जेन–जी) आन्दोलनका बलमा उनलाई नियुक्त गरिएको हो । संविधानको धारा ६१- १ र २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ । सोही आधारमा कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै राष्ट्रपति पौडेलले कार्कीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्