युवालाई विदेश जानबाट रोक्न रोजगारीकाे अवसर खोजी गर्दैछौँ : मुख्यमन्त्री लामा
फाइल फोटो
नुवाकोट,
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताउनुभएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री तामाङले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गर्नुभयो ।
उहाँले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उहाँको भनाइ छ ।