२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

क्यान्सर उपचार गर्न नेपाल आएका चिनियाँ नागरिक होटेलमा मृत फेला

चितवन । क्यान्सरको उपचार गर्न आएका एक चिनियाँ नागरिक चितवनको भरतपुरस्थित होटेलमा मृत फेला परेका छन् ।

बिपी कोइराला क्यान्सर अस्पताल अगाडिको वर्षना होटेलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् । यही असार १० गतेदेखि सो होटेलमा बसेर उनले बिपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । 

उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटेलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्