२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल

सचिवालय

काठमाडौ,

आइतबार राष्ट्रपति कार्यालयको सभाकक्षमा मानव सेवा आश्रमका पदाधिकारी, अभियन्ता र कर्मचारीका साथमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मानव सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक हुने बताउनु भयो । उहाँले मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान सबैका लागि प्रेरणादायी भएकाे बताउनु भयाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियानलाई मुलुकका तीनै तहका सरकार र सरोकारवालाहरूले सघाउनु पर्ने बताउनु भएको छ ।

उहाँले मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने बताउनु भयो । उहाँले आश्रमले सडकआश्रित मानव मुक्त नेपाल मिसन २०८२ अभियान सञ्चालन गरिरहेको कार्य प्रशंसनीय रहेको पनि बताउनु भएको छ । “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्द्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको राष्ट्रपति पौडेलले बताउनु भयो । 

कार्यक्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को प्रतिवेदन आश्रमका अध्यक्ष अधिकारीले राष्ट्रपति पौडेललाई बुझाउनु भयो । राष्ट्रपति पौडेलले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमल्सिनालाई माला लगाएर सम्मान गर्नु भएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्