जय ट्रफी एलिट कपका लागि बागमती प्रदेशको अन्तिम टोली घोषणा
फाइल फोटो
काठमाडौं । यही पुस २१ गतेदेखि सुरु हुने जय ट्रफी पुस एलिट कप दुई दिवसीय क्रिकेटका लागि बागमति प्रदेशले अन्तिम टोली घोषणा गरेको छ ।
बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
बागमतीले यसअघि प्रारम्किभ टोलीमा १८ खेलाडीको नाम सार्वजनिक गरेको थियो । जसबाट रोविन जोशी, अशोक पौडेल र दयानन्द मण्डल भने अन्तिम टोलीमा अटाएनन् ।