११ साउन २०८३, सोमबार
27 July , 2026,Monday

सम्हालियो सत्ता परिवर्तनको खबरले अस्वाभाविक बनेको शेयर बजार

काठमाडौँ । मंगलबार कारोबार खुले लगतै निकै अस्वाभाविक बनेको सेयर बजार अहिले केही सम्हालिएको छ । 

पहिलो आधा घण्टामा ४/५ प्रतिशतले बढेपछि नेप्सेले दुई वटा सर्किट ब्रेकरमार्फत पहिलो पटक २० मिनेट र दोस्रो पटक ४० मिनेट कारोबार बन्द गरिसकेको थियो । त्यतिबेला नेप्से १०२ अंकले बढिसकेको थियो ।

तर, त्यसपछि खुलेको बजार निकै सम्हालिएर अघि बढिरहेको छ । जसअनुसार १२ः२० मिनेटसम्म नेप्से ६५.४२ अंकको वृद्धिमा छ भने समग्र नेप्से परिसूचक २ हजार १ सय १८.८१ अंकमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्