२६ भदौ २०८३, शुक्रबार
11 September , 2026,Friday

राहत तथा उद्दारमा साझा पहलका लागि सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी

तस्बिरहरूः शब्दन्युज डटकम

काठमाडौं । बाढी तथा पछिल्लो विपद्बाट उत्पन्न संकटको सामना गर्न राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका नेता तथा सरकारका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, अन्य राजनीतिक दलका ध्रुव राई, महन्थ ठाकुर, उपेन्द्र यादव, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा रास्वपाका प्रवक्ता जगदीश खरेल सहभागी छन्।

विपद्पछिको उद्दार तथा राहतलाई प्रभावकारी बनाउने, पुनःस्थापनाका काम अघि बढाउने र यसमा सरकार तथा राजनीतिक दलबीच आवश्यक समन्वय कायम गर्ने विषय बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्