२६ भदौ २०८३, शुक्रबार
11 September , 2026,Friday

भोटेकोशी बाढीको वितण्डा : आठ जिल्लामा ३८९ जनाले ज्यान गुमाए, ४६६ घाइतेको उद्धार

काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट बुधबार आएको रसुवा भोटेकोशीको विनाशकारी बाढीका कारण ठुलो धनजनको क्षती भएको छ। बाढी निकै ठुलो आएकोले हाल सरकारले बाढी प्रभावितको उद्धार कार्यमा राज्यको राम्पूर्ण शक्ति परिचालन गरेको छ। 

बाढीका कारण नदी तथा आसपासका क्षेत्रमा खोजी अभियान सञ्चालन गरिएको छ। यस क्रममा बाढीले प्रभावित गरेको विभिन्न आठ जिल्लाबाट ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट उक्त संख्यामा शव फेला परेको जनाएको हो। 

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै १३७ शव फेला परेका छन्। त्यस्तै, पूर्वी नवलपरासीमा ८७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोट र तनहुँमा २८/२८, पश्चिम नवलपरासीमा २७ तथा रसुवामा १७ शव फेला परेको प्रहरीले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेको खोजी र उद्धार कार्य अझै जारी छ। सुरक्षाकर्मीले हालसम्म ४६६ जना घाइतेको उद्धार गरिसकेका छन्।

बाढीपछि नदीको बहावसँगै विभिन्न क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीको आकलन छ। सुरक्षाकर्मीले बेपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई तीव्रता दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्