२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

लुम्बिनीमा एमाले, नेकपा र मसालबीच सहकार्य

फाइल फोटो

काठमाडौँ। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेकपा मसालबीच लुम्बिनी प्रदेशमा सहकार्य गर्ने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंहबीच बुधवार दुई बुँदे सहमति भएको छ। लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने उनीहरूबीच सहमति भएको छ।

लुम्बिनीमा एमाले नेतृत्व सरकार रहेको छ। एमाले सरकारलाई नेकपाले सहयोग गर्ने भएको छ भने अब सरकार बाहिर रहेको मसालले पनि सहयोग गर्ने भएको छ।

लुम्बिनीमा एमालेका २९, नेकपाका १३ र मसालका १ जना सांसद रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्