२ माघ २०८२, शुक्रबार
16 January , 2026,Friday

श्रेष्ठले पाए वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी

फाइल फोटो

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्नेगरी कार्यकारी सञ्चालकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को यही मंसिर २ गते बसेको बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हाल भइरहेको छनोट प्रक्रियाबाट वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरिएको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्